Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

रात्रिकालीन व्यवसायको विकृति रोक्न होटल संघको आग्रह

रात्रिकालीन व्यवसायको विकृति रोक्न होटल संघको आग्रह
विज्ञापन
Advertisement

गण्डकी । पोखरामा रात्रिकालीन व्यवसायमा देखिएका विकृति नियन्त्रण गर्न प्रभावकारी अनुगमन आवश्यक रहेको भन्दै पर्यटनसम्बद्ध संघसंस्थाले माग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै रात्रिकालीन व्यवसायमा अनुगमन कडाइ गर्न आग्रह गरेको हो।

टोलीले यसअघि लागू गरिएको ४२ बुँदे आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुँदा होहल्ला, ध्वनि प्रदूषण र असामाजिक गतिविधि बढेको भन्दै शान्ति सुरक्षामा असर परेको जनाएको छ।

पोखरालाई २०८० चैत ४ गते पर्यटकीय राजधानी घोषणा गरिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिने सहमति भए पनि नियम पालना कमजोर भएको संघसंस्थाको भनाइ छ।

उनीहरूले राति २ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउनुपर्ने समेत माग गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit