Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले पाए शेयर

टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारले पाए शेयर
विज्ञापन
Advertisement

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा रीतपूर्वक शेयर बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताबाट अत्यधिक आवेदन परेको क्यापिटलले जनाएको छ । सर्वसाधारणतर्फ कुल २९ लाख ४८ हजारभन्दा बढी आवेदकले शेयरका लागि आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा (लकी ड्र) प्रक्रियामार्फत शेयर बाँडफाँट गर्दा कुल निष्कासित २५ लाख १५ हजार ४५५ कित्ता शेयरका लागि कुल २९ लाख ४८ हजारले आवेदन दिएका थिए । २७ लाख ७१ हजार २ सय ५२ जनाको आवेदन मात्र योग्य भएको छ। सो मध्येबाट २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

बाँकी रहेको ५ कित्ता शेयर थप गरी ५ जना लगानीकर्ताले ११–११ कित्ताका दरले प्राप्त गरेको कम्पनीले जनाएको छ। माग धेरै र शेयर संख्या सीमित भएका कारण आवेदन दिएका झण्डै २७ लाख लगानीकर्ताको हात भने खाली भएको छ।

लगानीकर्ताहरूले आईपीओ बाँडफाँटको नतिजा सिडिएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट तथा मेरोसेयर एपमार्फत हेर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit