काठमाडौं। ‘हुन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिताको उपाधि टिम भेन्यु ले जितेको छ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी१० एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको १६ वर्षमुनि (यू–१६) एकदिने प्रतियोगितामा टिम भेन्यु च्याम्पियन बनेको हो ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित प्रतियोगितामा आठ टोलीका ८० जना युवा खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्सटर, टिम कोना, टिम ग्रान्ड आई१० एनआईओएस र टिम पालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि टिम भेन्युले उपाधि हात पार्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेता बनेको छ।प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, प्रतिस्पर्धात्मक वातावरणमा सिक्ने तथा आत्मविश्वास बढाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
विश्वकप फुटबल २०२६ ले विश्वभर फुटबलप्रतिको उत्साह बढाइरहेको समयमा हुन्डाई नेपालले स्थानीय स्तरबाटै भावी फुटबल प्रतिभाको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ। विश्वकप २०२६ को आधिकारिक साझेदारसमेत रहेको हुन्डाईले आफ्नो विश्वव्यापी दृष्टिकोण ‘नेक्स्ट स्टार्ट्स नाउ’ अनुरूप नेपालमा ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य लिएको उल्लेख गरेको छ। प्रतियोगिताको अवसरमा एजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको आवश्यकता रहेको बताए ।
हुन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत सामाजिक योगदान गर्ने आफ्नो दीर्घकालीन योजनाअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्