Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
विज्ञापन
Advertisement

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारी साधनको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ठूला विद्युतीय यात्रुवाहक सवारी खरिदका लागि ऋण–मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) बढाएर ८० प्रतिशत पुर्‍याएको हो। नयाँ व्यवस्थाअनुसार खरिदकर्ताले कूल लागतको कम्तीमा २० प्रतिशत स्रोत व्यवस्थापन गरे ८० प्रतिशत कर्जा पाउनेछन् ।

यसअघि सार्वजनिक तथा व्यक्तिगत प्रयोजनका दुवै प्रकारका विद्युतीय सवारी साधन खरिदमा अधिकतम ६० प्रतिशतसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था थियो। संशोधित व्यवस्थाले भने सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीलाई विशेष सहुलियत प्रदान गरेको छ।

व्यक्तिगत प्रयोजनका विद्युतीय सवारी साधनका लागि भने पुरानै व्यवस्था कायम राखिएको छ। यसअन्तर्गत व्यक्तिगत प्रयोगका ईभी खरिदमा अधिकतम ६० प्रतिशतसम्म मात्रै बैंक ऋण उपलब्ध हुँदै आएको छ।

त्यसैगरी, राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई समेत राहत दिने व्यवस्था गरेको छ। आन्दोलनका क्रममा क्षति पुगेका व्यावसायिक सवारी तथा ढुवानीका साधन प्रतिस्थापन गर्नुपर्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले त्यस्ता सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit