Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

सुनको मूल्य बढ्दा चाँदी घट्यो, आजको कारोबार मूल्य कति ?

सुनको मूल्य बढ्दा चाँदी घट्यो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन दुई लाख ८५ हजार दुई सय रूपैयाँ निधाएरण भएको छ । अघिल्लो कारोबार दिन (बुधबार) सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार एक तोला चाँदी चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit