काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर घटाएका छन्।
साउन १ गतेदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा केही बैंकहरूले ब्याजदर कटौती गरेका हुन्। बजारमा पर्याप्त तरलता कायम रहनु, निक्षेप संकलनमा प्रतिस्पर्धा कम हुनु तथा कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा बैंकहरूले ब्याजदर घटाएका हुन् ।
वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर साउन महिनाका लागि ०.०९ प्रतिशत बिन्दुले घटेर ४.१७ प्रतिशतमा झरेको छ।असार महिनामा यस्तो ब्याजदर औसत ४.२६ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०६ प्रतिशत बिन्दुले घटेर ३.१२ प्रतिशतमा सीमित भएको छ।असार महिनामा यो दर ३.१८ प्रतिशत रहेको थियो।
बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप वृद्धिदर सन्तोषजनक रहे पनि कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा दिँदै आएका ब्याजदर सुविधा केही बिन्दुले घटाएका छन्।
साउन महिनाका लागि ब्याजदर घटाउनेमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यता कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
यस्तो छ, २०८३ साउनका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर (%) विवरण ।
| वाणिज्य बैंक | असारमा मुद्दतीको अधिकतम
ब्याजदर (%) |
साउनमा मुद्दतीको अधिकतम ब्याजदर (%) | ||||
| प्रभु | ४.५५ | ४.५५ | ||||
| नबिल | ४.५५ | ४.५५ | ||||
| एनएमबि | ४.७५ | ४.५ | ||||
| माछापुच्छ्रे | ४.५ | ४.५ | ||||
| सानिमा | ४.५ | ४.५ | ||||
| नेपाल एसबिआई | ४.२५ | ४.२५ | ||||
| नेपाल इन्भेष्टमेन्ट मेगा | ४.५ | ४.२५ | ||||
| कृषि विकास | ४.१५ | ४.१५ | ||||
| नेपाल बैंक | ४.२५ | ४.२५ | ||||
| सिद्धार्थ | ४.०५ | ४.०५ | ||||
| एभरेष्ट | ४.०५ | ४.०५ | ||||
| हिमालयन | ४ | ४ | ||||
| ग्लोबल आईएमई | ४.५ | ४ | ||||
| राष्ट्रिय वाणिज्य बैंक | ४.७५ | ४ | ||||
| एनआईसी एशिया | ४ | ४ | ||||
| लक्ष्मी सन्राइज | ४ | ४ | ||||
| प्राइम | ४ | ४ | ||||
| स्ट्यान्डर्ड चार्टर्ड | ३.९५ | ३.८५ | ||||
| कुमारी | ३.९१ | ३.८५ | ||||
| सिटिजन्स | ४.१ | ३.९५ | ||||
| औसत | ४.२६ | ४.१७ | ||||
| स्रोत : | बैंकहरुको सूचना | |||||















प्रतिक्रिया दिनुहोस्