Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

चालु आवमा राजस्व संकलनमा सुधार, लक्ष्यको करिब ८३ प्रतिशत उठ्यो

चालु आवमा राजस्व संकलनमा सुधार, लक्ष्यको करिब ८३ प्रतिशत उठ्यो
विज्ञापन
Advertisement

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन बाँकी रहँदा सरकारले कुल राजस्व लक्ष्यको करिब ८३ प्रतिशत संकलन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो। सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। हालसम्मको संकलन लक्ष्यको ८२.७६ प्रतिशत बराबर हो।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यस आधारमा गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा राजस्व संकलन ७.४० प्रतिशतले बढेको हो। रकमका हिसाबले यो वृद्धि ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ हो।

कर राजस्व ११ खर्ब नाघ्यो

सरकारले संकलन गरेको कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा कर राजस्वको रहेको छ। बुधबारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ। यो सरकारले तय गरेको कर राजस्व लक्ष्यको ८३.४३ प्रतिशत हो। त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ। यो कुल गैरकर राजस्व लक्ष्यको ७६.९९ प्रतिशत हो। गत वर्षको तुलनामा चालु वर्षमा कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले वृद्धि भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

वैदेशिक ऋण र अनुदान प्राप्तिमा सुधार

चालु आर्थिक वर्षमा सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो । असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अनुदान प्राप्त भएको जनाइएको छ। यो लक्ष्यको ५८.५ प्रतिशत हो। गत वर्षको सोही अवधिमा सरकारले २३ अर्ब २० करोड १६ लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान प्राप्त गरेको थियो। जुन यस वर्षको तुलनामा ३४.७५ प्रतिशतले बढी हो।

आर्थिक वर्षको अन्तिम समयमा राजस्व संकलन बढ्ने परम्परा यस वर्ष पनि देखिएको छ। बुधबार मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ । एक दिनमै उठेको उक्त रकममध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ । आर्थिक वर्षको अन्तिम दिन बिहीबार थप राजस्व संकलन हुने भएकाले कुल राजस्व संकलनको अनुपात केही बढ्ने अनुमान महालेखा नियन्त्रक कार्यालयले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit