Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

सरकारको बजेट कार्यान्वयन कमजोर, पुँजीगत खर्च ४७ प्रतिशत पनि पुगेन

सरकारको बजेट कार्यान्वयन कमजोर, पुँजीगत खर्च ४७ प्रतिशत पनि पुगेन
विज्ञापन
Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले गत आवमा १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएको थियो।असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालु शीर्षकमा गत आव सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेकामा त्यसको ८८ दशमलव ४ प्रतिशत खर्च भएको छ। गत आवको कुल चालुगत बजेट खर्च १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ छ ।

सरकारको पुँजीगत खर्च निकै नै कमजोर देखिएको छ। यस अवधिमा जम्मा एक खर्ब ९० अर्ब ८४ करोड १४ लाख खर्च भएको छ। जुन लक्ष्यको ४६ दशमलव ७९ प्रतिशत मात्र हो। गत आर्थिक वर्षका लागि पुँजीगत खर्च रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएको थियो । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ४७ अर्ब ३३ करोड छ लाख खर्च भएको छ। जुन खर्च ९२ दशमलव ५६ प्रतिशत हो ।

वित्तीय व्यवस्था शीर्षकका लागि गत आव तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरिएको थियो । सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ । गत आवका लागि सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख मात्र राजस्व सङ्कलन भएको छ। जुन लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत कम हो ।

गत आवका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेको थियो यद्यपि लक्ष्यको ५८ दशमलव ५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अनुदान आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit