Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

हाइड्रोजन सवारीका लागि नीति बनाउन सरकारद्वारा सुझाव आह्वान

हाइड्रोजन सवारीका लागि नीति बनाउन सरकारद्वारा सुझाव आह्वान
विज्ञापन
Advertisement

काठमाडौं।नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन तथा नियमनका लागि आवश्यक नीतिगत, कानुनी र प्राविधिक आधार तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग सुझाव आह्वान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकाससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवहारिक अनुभवका आधारमा लिखित सुझाव पेश गर्न आग्रह गरेको हो।

यसका लागि विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा अन्य सम्बन्धित सरोकारवालाले आफ्नो सुझाव [email protected] वा [email protected] इमेलमार्फत २०८३ साउन २० गतेभित्र पठाउन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सुझावमा विशेषगरी हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास र सिकाइ, नीतिगत, कानुनी तथा नियामक व्यवस्था, उत्पादनदेखि भण्डारण, ढुवानी, वितरण तथा इन्धन भर्ने पूर्वाधार सम्बन्धी सुरक्षा मापदण्ड र दिशानिर्देश समेट्न आग्रह गरेको छ।

त्यस्तै, पेट्रोलियम इन्धनबाट सञ्चालन हुने तथा अन्य सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना,आवश्यक प्रविधि, लागत, सुरक्षा तथा नियामक पक्षबारे सुझाव पनि मागिएको छ।

मन्त्रालयले हाइड्रोजन प्रविधिसम्बन्धी प्राविधिक जनशक्ति विकास, नियामक निकायको क्षमता अभिवृद्धि, उद्धार तथा आपत्कालीन सेवा व्यवस्थापनलगायत आवश्यक सीप विकासका विषयमा समेत सुझाव दिन आग्रह गरेको छ। अन्य सान्दर्भिक विषयहरू पनि समावेश गर्न सकिने जनाइएको छ।

सुझाव पेश गर्दा सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र, हाइड्रोजन वा सम्बन्धित क्षेत्रमा रहेको अनुभव तथा सम्पर्क विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ।

मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणपछि आवश्यकताअनुसार नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधन सम्बन्धी नीति, कानुनी व्यवस्था, सुरक्षा मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा उपयोग गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit