Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

२५ वर्षमा नेपाल लाइफ इन्स्योरेन्स, प्रथम बीमा शुल्क संकलन १३ अर्ब रुपैयाँ नाघ्यो

२५ वर्षमा नेपाल लाइफ इन्स्योरेन्स, प्रथम बीमा शुल्क संकलन १३ अर्ब रुपैयाँ नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको जीवन बीमा क्षेत्रमा नयाँ ऐतिहासिक यात्रा तय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो २५ वर्षे यात्रामा अवसरमा प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्न सफल भएको जनाएको छ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित नेपाल लाइफले जीवन बीमा उद्योगमा पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै बनाएको कीर्तिमानलाई यस वर्ष अझ उचाइमा पुर्‍याएको जनाएको छ। यस उपलब्धिको अवसरमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास राख्ने बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

उनले २५ वर्षको यात्रामा प्राप्त यो सफलता सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी र शेयरधनीहरूको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा कम्पनीले अझ प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल लाइफले आगामी दिनमा नवीन बीमा योजना ल्याउने, प्रभावकारी लगानी व्यवस्थापन गर्ने, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

२५ वर्षको विश्वास, १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धिलाई कम्पनीले आफ्नो दीर्घकालीन यात्राको महत्वपूर्ण कोशेढुंगाका रूपमा लिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit