Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा १८ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ तोकिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज दुवै धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रति औँस ४,०६३ अमेरिकी डलर तथा चाँदी प्रति औँस ५८ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit