काठमाडौं । नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको दुःखद निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले शोक बिदा घोषणा गरेको छ ।
आइतबार आज एक विज्ञप्ती जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनीहरुको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रेड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ म्याग्दीका हुन् । उक्त हिमपहिरोमा परी पुरबहादुर गुरुङ (गोरखा), निमा शेर्पा (सङ्खुवासभा), किलीपेम्बा शेर्पा (दोलखा), ग्यालु शेर्पा (ओखलढुङ्गा), नवाङ थिन्डु शेर्पा (सङ्खुवासभा) सहित १० जनाको निधन शनिवार पुष्टि भएको हो ।















प्रतिक्रिया दिनुहोस्