Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

रसुवाका ५ जलविद्युत आयोजनामा कार्यरत करिब दुईसय जना सम्पर्कविहीन, लाङटाङमा ६० जना सुरुङमै थुनिए

रसुवाका ५ जलविद्युत आयोजनामा कार्यरत करिब दुईसय जना सम्पर्कविहीन, लाङटाङमा ६० जना सुरुङमै थुनिए
विज्ञापन
Advertisement

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरत दर्जनौं व्यक्ति सम्पर्कविहीन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

केही आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू उद्धारको पर्खाइमा रहेका छन् भने केहीको अवस्था अझै अज्ञात रहेको छ ।

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) ७६ जना सम्पर्कविहीन  

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन्। जसमध्ये आधा नेपाली र आधा विदेशी छन्। आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन् । यीमध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् । आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पानले) जनाएको छ । साथै, आयोजनामा कार्यरत १२ जना हेडवक्र्स क्षेत्रमा र २०० जनाभन्दा बढी विद्युतगृह (पावर हाउस) क्षेत्रमा उद्धार कार्य जारी रहेको बताइएको छ।

रसुवागढी (१११ मेगावाट) बाट ५१ जनासँग छैन सम्पर्क

रसुवागढी आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन् । टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएको अपुष्ट विवरण आएको इप्पानले जनाए पनि उनीहरूसहित कसैसँग पनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन ।

मैलुङ खोला (५ मेगावाट) ८ वेपत्ता

मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । उनीहरूसँग बुधबारदेखि नै सम्पर्क हुन सकेको छैन । उनीहरूको अवस्थाबारे जानकारी लिन हेलिकप्टर व्यवस्थापन गरेर अवलोकनमा जाने प्रयास भइरहेको जनाइएको छ।

रसुवा भोटेकोशी (१२० मेगावाट)

रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना हराइरहेका छन् । ५ जना नजिकैको गाउँमा शरण लिएर बसेका छन् । जसमध्ये ३ जना चिनियाँ र २ जना नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई उद्धार गर्न हेलिकप्टर लगेर जाने तयारी भइरहेको जनाइएको छ ।

लाङटाङ खोला (२० मेगावाट) ६० जना सम्पर्क बाहिर

लाङटाङ हाइड्रोमा बुधबार सुरुङमा थुनिएर सम्पर्कविहीन भएका ६० जना (२५ जना स्टाफ र ३५ जना कामदार) सँग सम्पर्क स्थापित हुन सकेको छैन । अहिलेसम्म सबैको अवस्था अज्ञात छ । यस क्षेत्रमा विकासकर्ता कम्पनीका प्रतिनिधिहरू गएर उद्धारका लागि प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन सकेको नसकेको इप्पानले जनाएको छ।

भोटेकोशी हुँदै आएको बाढीले ठूलो क्षति पुर्याएको प्रारम्भिक आकलन छ । यद्यपी रसुवामा सञ्चालित तथा निर्माणाधिन विद्युत गृहमा भएको जनधनको क्षतिबारे थप विवरण आउने क्रम जारी छ। बाढीले रसुवामा ठूलो असर पुर्याएकाले सरकारी संयन्त्र बिहीबार बिहानै देखि उक्त क्षेत्रमा ठूलो संख्यामा उद्धार कार्यमा जुटेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit