Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीले रसुवा भन्सारबाट १५० वटा नामी ईभी बगायो, आपूर्ति प्रभावित भए पनि दशैं–तिहारसम्म गाडी दिने व्यवसायीको दाबी

बाढीले रसुवा भन्सारबाट १५० वटा नामी ईभी बगायो, आपूर्ति प्रभावित भए पनि दशैं–तिहारसम्म गाडी दिने व्यवसायीको दाबी
विज्ञापन
Advertisement

काठमाडौं। व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनलाई वैकल्पिक नाका तथा मार्ग प्रयोग गरेर दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि चीनबाट नेपालमा सवारीसाधन आयात हुने रसुवागढी–केरुङ नाका र सडकमा क्षति पुगेको छ। यसका कारण विशेषगरी चीनबाट आयात हुने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता ग्राहकमा देखिएको छ।

चीनबाट सवारीसाधन आयात हुने प्रमुख रसुवागढी नाकाको सडक तथा भन्सार क्षेत्रसमेत बाढीबाट पूर्ण प्रभावित भएपछि व्यवसायीहरूले तातोपानी र कोरोला नाका प्रयोग गर्ने तयारी थालेको बताइएको छ। यसले नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नआउने व्यवसायीहरूको दाबी छ। ‘भन्सार नाकादेखि बाटोसम्म बगेको कारण केरुङ हुँदै चीनबाट आयात हुने सवारीसाधनको आपूर्ति ठप्प भएको छ। त्यसैले बैकल्पीक रुपमा तातोपानी र कोरोला नाका प्रयोग गरेर गाडी ल्याउने तयारीमा ब्यवसायीहरु जुटिसकेका छन्’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नआउने व्यवसायीहरूको दाबी छ।’

बजारको ठूलो ईभी ब्रान्ड बीवाईडीले कोरोला नाका हुँदै सवारीसाधन ल्याउने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले अघिल्लो वर्ष पनि कोरोला नाका प्रयोग गरेर सवारीसाधन नेपाल ल्याएको थियो । बाढीका कारण बीवाईडीका ठूलो संख्यामा गाडी प्रभावित भए पनि थप सवारीसाधन वैकल्पिक नाकाबाट ल्याउने तयारी भइरहेको छ । साइमेक्स इंकका म्यानेजर आशिष शाक्यले कम्पनीले पहिले नै विभिन्न भन्सार बिन्दु प्रयोग गर्दै आएकोले कुनै एउटा नाकामा समस्या आउँदा आपूर्तिमा ठूलो असर नपर्ने बताए ।

त्यस्तै, दिपलका ईभी थाइल्याण्डमा उत्पादन भएर भारत हुँदै वीरगञ्ज भन्सारबाट नेपाल आउने भएकाले रसुवागढी नाकाको अवरोधले आपूर्तिमा ठूलो असर नपर्ने एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दले बताए । ‘दिपलका गाडी थाइल्याण्डमा उत्पादन हुन्छन् र भारत हुँदै नेपाल आउने छन् । त्यसैले नाडा अटो शोमा बुकिङ भएका सबै गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराउँछौं,’ उनले भने ।

अटो शोमा चर्चामा रहेको नामी भिगो पनि चाडपर्वको समयमा नेपाल आइपुग्ने एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक मिलनबाबु मल्लले जानकारी दिए । उनका अनुसार रसुवा भन्सार क्षेत्रमा बाढीले कम्पनीका करिब १५० वटा नामी ईभी बगाएको छ । ‘हाम्रो करिब १५० वटा नामी ब्राण्डका ईभी रसुवा भन्सार क्षेत्रमा बाढीले बगाएको छ । अब नाडा अटो शोमा बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडी वैकल्पिक मार्ग प्रयोग गरेर नेपाल ल्याउनेछौं,’ मल्लले भने ।

चीनबाट विभिन्न ब्रान्डका सवारीसाधन आयात गर्ने अन्य व्यवसायीहरूले पनि वैकल्पिक नाका तथा मार्गबाट आपूर्ति व्यवस्थापन गर्ने तयारी थालेका छन् । सीजी मोटर्सले आयोन र रिडारा, जगदम्बा मोटर्सले प्रोटोन, पारामाउन्ट मोटर्सले एमजी तथा विलिङ र एसपीजी अटोमोबाइल्सले ओमोडा, जेको, चेरी क्यू र आइकार ब्रान्डका सवारीसाधन चीनबाट आयात गर्दै आएका छन् । त्यसैगरी, भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सका उत्पादन तथा एलआरआर ग्रुपले स्काइवेल र जिली ब्रान्डका ईभी आयात गर्दै आएका छन् । लक्ष्मी ग्रुपले केई, बीएआईसी र आर्कफक्स लगायतका ब्रान्डका सवारीसाधन चीनबाट ल्याउँदै आएको छ ।

बाढीका कारण आयात तथा आपूर्ति व्यवस्थामा चुनौती थपिए पनि व्यवसायीहरूले नाडा अटो शोमा ग्राहकले गरेको बुकिङ प्रभावित हुन नदिने बताएका छन् । नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit