Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

पौडेल इन्टरप्राइजेजको व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट सम्पन्न

पौडेल इन्टरप्राइजेजको व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।अटोमोबाइल तथा अटोमोबाइल स्पेयर पार्ट्सको कारोबार गर्दै आएको पौडेल इन्टरप्राइजेज प्रालिले आयोजना गरेको ‘व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट २०२६’ सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका दुईपाङ्ग्रे क्षेत्रका २२० जना तथा चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका ३५ जना डिलर तथा खुद्रा विक्रेताको सहभागिता थियो। साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा पौडेल इन्टरप्राइजेजले नेपालमा आयात तथा वितरण गर्दै आएका विभिन्न १५ ब्रान्डका उत्पादन प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सहभागी व्यवसायिक साझेदारलाई सम्बन्धित ब्रान्डका उत्पादन, तिनका विशेषता, प्राविधिक पक्ष तथा नेपाली बजारमा उपलब्ध उत्पादनबारे जानकारी गराइएको थियो। साथै, उत्कृष्ट बिक्री प्रदर्शन गर्ने १४ जना डिलर तथा खुद्रा विक्रेतालाई सम्मान तथा विशेष उपहार प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेल इन्टरप्राइजेजका प्रबन्ध निर्देशकले आगामी दिनमा पनि गुणस्तरीय उत्पादनको आयात, बिक्री तथा वितरणलाई प्राथमिकतामा राख्ने बताए। ग्राहकको विश्वास कायम राख्न गुणस्तर, विश्वसनीयता र सेवामा निरन्तर सुधार गर्दै अघि बढ्ने उनको भनाइ थियो।

उनले सरकारको सहयोगी र स्थिर औद्योगिक तथा व्यावसायिक नीति कायम हुन सके नेपालमै केही बहुराष्ट्रिय कम्पनीले उत्पादन सुरु गर्ने सम्भावना रहेको बताए। स्थिर नीति, लगानीमैत्री वातावरण र आवश्यक पूर्वाधारको विकास भए नेपालमा उत्पादनसँगै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनले उल्लेख गरे।

कार्यक्रममा पछिल्लो समय रसुवामा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। प्रबन्ध निर्देशकले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्न निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकलाई आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्न आग्रह गरे।

कार्यक्रममा पौडेल इन्टरप्राइजेजका अध्यक्ष नारायणप्रसाद पौडेल, निर्देशक आयुष्मा बान पौडेल, निर्देशक राजीव पौडेललगायत कम्पनीका प्रतिनिधि तथा बिक्री टोलीका सदस्यहरूको उपस्थिति थियो। आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न उत्पादन तथा ब्रान्डसम्बन्धी प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिएको थियो। डिलर तथा खुद्रा विक्रेताले उत्पादनको गुणस्तर, प्राविधिक पक्ष तथा बजारसम्बन्धी जिज्ञासा आपूर्तिकर्ता र कम्पनीका प्रतिनिधिसमक्ष राखेका थिए।

युनो मिन्डा ब्रान्डतर्फ एएस अटो कन्सर्नका अशोककुमार पौडेललाई उत्कृष्ट बिक्रेताका रूपमा सम्मान गरिएको थियो। यस्तै, स्टार बाइक पार्ट्स एन्ड एसेसरिज, सिनामंगल तथा किरण इन्टरप्राइजेज, पाटनलाई पनि युनो मिन्डातर्फ सम्मान गरिएको थियो।

पावर ब्रान्डतर्फ एलजी अटो पार्ट्स र पनौती बाइक पार्ट्स, पनौती, गेट्स बेल्टतर्फ सम्पदा अटो पार्ट्स, टेकु, बोनी रबरतर्फ गणपति पार्ट्स सेन्टर, पाटन, एडभिकतर्फ आकाश भैरव सप्लायर्स, बालाजु, टेक्सस्पिन बेयरिङ्सतर्फ केशव अटो पार्ट्स, जोरपाटी तथा युकल कार्ब्युरेटरतर्फ बिनित एन्ड विक्रम अटो पार्ट्स, बालाजुलगायतका व्यवसायिक साझेदारलाई सम्मान गरिएको थियो।

पुरस्कार तथा सम्मानसँगै कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो। सहभागी डिलर, खुद्रा विक्रेता तथा अतिथिलाई विभिन्न आकर्षक उपहारसमेत प्रदान गरिएको थियो।

पौडेल इन्टरप्राइजेजका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कम्पनीसँग आबद्ध डिलर तथा खुद्रा विक्रेतासँगको व्यावसायिक सम्बन्ध थप सुदृढ गर्नु, बजार तथा उत्पादनसम्बन्धी सूचना आदानप्रदान गर्नु तथा उत्कृष्ट बिक्री प्रदर्शन गर्ने व्यवसायिक साझेदारलाई सम्मान र प्रोत्साहन गर्नु हो।

कम्पनीले आगामी दिनमा डिलर, खुद्रा विक्रेता तथा आपूर्तिकर्तासँगको सहकार्यलाई थप विस्तार गर्दै गुणस्तरीय उत्पादन, विश्वसनीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit