Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले बाढीपीडितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो तर्फबाट ५५ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit