Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

गोल्छा समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

गोल्छा समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गोल्छा समूहअन्तर्गतको श्री रामलालजी धापीदेवी गोल्छा च्यारिटी ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ट्रस्टले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ का नाममा १ करोड ११ लाख रुपैयाँ उल्लेख गरिएको हो

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गर्नुका साथै सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार तथा अन्य पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ। विपद्बाट प्रभावित परिवारको तत्कालीन राहत तथा आगामी पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्रस्टले उक्त रकम प्रदान गरेको हो।

गोल्छा समूह लामो समयदेखि उद्योग, व्यापार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय रहँदै आएको छ। विपद्को समयमा निजी क्षेत्रबाट हुने यस्तो सहयोगले प्रभावित समुदायलाई राहत उपलब्ध गराउन तथा पुनर्निर्माणका प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। चेक हस्तान्तरण कार्यक्रममा गोल्छा समूह तथा ट्रस्टका प्रतिनिधिहरूको उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit