Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

प्रधानमन्त्री शाह तीनओटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफलमा

प्रधानमन्त्री शाह तीनओटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफलमा
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल थालेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ।

छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धारको अवस्था, राहत वितरण, उपचार सेवा र आगामी दिनमा चाल्नुपर्ने आवश्यक कदमबारे सुरक्षा प्रमुखहरूबाट ब्रिफिङ लिने तथा आवश्यक निर्देशन दिने बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit