Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र जलविद्युत आयोजनामा ४० करोड लगानी गर्दै

हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र जलविद्युत आयोजनामा ४० करोड लगानी गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दुईवटा कम्पनी तथा आयोजनामा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको भदौ २४ गते (बुधबार) बसेको २३५औँ सञ्चालक समितिको बैठकले विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ र इन्दुवा खोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो। निर्णयअनुसार हाथवेले विजय श्री सुगर मिल्स लिमिटेडको प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक शेयर खरिद गरी कुल २५ करोड रुपैयाँसम्म लगानी गर्नेछ।

त्यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला जलविद्युत आयोजनामा पनि प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक शेयर खरिद गर्ने निर्णय गरेको छ। यसमा कम्पनीले १५ करोड रुपैयाँसम्म लगानी गर्नेछ।

कम्पनी सचिव सुधा अर्यालले हाथवेले दीर्घकालीन लगानी नीति तथा लगानी विविधीकरणलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit