काठमाडौं। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिलले सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले सरकारमार्फत उक्त रकम उपलब्ध गराएको हो।
भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले प्राकृतिक विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु निजी क्षेत्रको जिम्मेवारी भएको बताएका छन्। उनले विपद्का कारण समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनीले आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।















प्रतिक्रिया दिनुहोस्