काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ को मिति एक साता पर सारेको छ।
यसअघि शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने तय भएको प्रतियोगिता प्रतिकूल मौसमका कारण स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब प्रतियोगिता नोभेम्बर १४ (कात्तिक २९) शनिबार सोही स्थानमा आयोजना हुनेछ ।
मौसमको प्रतिकूलताका कारण मिति परिवर्तन गर्नुपरेको भन्दै कम्पनीले प्रतियोगितामा सहभागी हुने सबैसँग क्षमायाचना गरेको छ। साथै, नयाँ मितिमा पनि सक्रिय सहभागिताका लागि कम्पनीले आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्