Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

शिशु स्याहारमा सहयोग पुर्‍याउन प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच सहकार्य

शिशु स्याहारमा सहयोग पुर्‍याउन प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं। नवजात शिशु तथा साना बालबालिकाको उचित स्याहारमा सहयोग पुर्‍याउने उद्देश्यले मारिको लिमिटेडको बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीले सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा जन्मिएका शिशुका परिवारलाई लक्षित गरी कुल १५ हजार थान बेबी केयर सामग्री वितरण गरिएको छ। वितरण गरिएका सामग्रीमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेसिङ पाउडर, नरिसिङ क्रिम र नरिसिङ साबुन प्रत्येकका ५ हजार थान समावेश छन्।

यस पहलले शिशु जन्मिएपछिका सुरुवाती दिनमा आवश्यक स्याहार सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको संवेदनशील छालाको उचित हेरचाहबारे अभिभावकमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेका अनुसार, निरन्तर सहकार्यले विभिन्न अस्पतालमार्फत बेबी केयर सामग्री परिवारसम्म पुर्‍याउन सहयोग गरेको छ। यसबाट नवजात शिशुको उचित स्याहारको महत्त्वबारे जनचेतना बढाउनसमेत योगदान पुगेको जनाइएको छ।

प्यारासुट एडभान्स्ड बेबीले पनि यस सहकार्यबाट अभिभावकको यात्राको सुरुवातदेखि नै साथ दिने र शिशुको स्याहारमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ। नवजात शिशुको संवेदनशील छालालाई ध्यानमा राखेर तयार गरिएका यस ब्रान्डका उत्पादनमा क्रिम, लोशन, टियर(फ्री स्याम्पु, मसाज तेल, रिफ्रेसिङ पाउडर, साबुन तथा आल्मन्ड मिल्क र ओलिभ आयलयुक्त जेन्टल वाइप्स समावेश छन्। कम्पनीका अनुसार यस सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमार्फत शिशु तथा तिनका परिवारसम्म स्याहार सामग्री पुर्‍याउने लक्ष्य राखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit