Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

शनिबारदेखि पृथ्वी राजमार्गमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द, यी स्थानमा रोकिनेछन् गाडी

शनिबारदेखि पृथ्वी राजमार्गमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द, यी स्थानमा रोकिनेछन् गाडी
विज्ञापन
Advertisement

चितवन। पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय चितवनले घोप्टेभीर क्षेत्रमा सडक मर्मत तथा जोखिमयुक्त पहिरो व्यवस्थापनको काम गर्न मंसिर ५ गते (शनिबार) देखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो। घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहँदा सडक आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। बन्द अवधिमा जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने र सडक निर्माण तथा मर्मतसम्भारको काम गरिनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार सडक बन्द हुने समयमा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिनेछ। त्यस्तै, नारायणगढ हुँदै आउने सवारीसाधनलाई जुगेडी र आँपटारी क्षेत्रमा रोक्ने व्यवस्था मिलाइनेछ। आवश्यकताअनुसार केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोकिने उनले जानकारी दिए। यद्यपि, मुग्लिन बजार क्षेत्रमा भने सवारीसाधन नरोकिने ट्राफिक प्रहरीले जनाएको छ। सडक बन्द रहने अवधि कति दिनसम्म कायम रहने भन्नेबारे हालसम्म टुंगो लागेको छैन। अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा आवागमन बन्द रहने भएकाले यात्रु तथा चालकलाई आफ्नो यात्रा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit