Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुस्त शेयर बजारलाई मौद्रिक नीति समीक्षाको आड, यी पाँच समूहमा देखियो चमक

सुस्त शेयर बजारलाई मौद्रिक नीति समीक्षाको आड, यी पाँच समूहमा देखियो चमक
विज्ञापन
Advertisement

 काठमाडाैं । ‘पर्ख र हेर’को अबस्थामा रहेको नेप्से परिसूचकलाई चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा ले ब्युँत्याएको छ । यो दिन नेप्से सूचक ४९.१५ अंकले बढेर नेप्से सूचक २ हजार ८१५.०४ विन्दुमा पुगेको हो । यो विन्दु करिब ६ महिनायताकै उच्च विन्दु हो ।

विज्ञापन
Advertisement
Advertisement

मौद्रिक नीति समिक्षबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक प्रणालीलाई चलायमान बनाउने गरी नीति फेरबदल गरेका थिए । जारी समिक्षा मौद्रिक नीतिमा
मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यहीं कारण बैंकको सेयरमा आकर्षण देखिएको छ ।

यो दिन बैंकिङ समूह, जलविद्युत, विकास बैंक र उत्पादनमूलक समूहके सूचक बढ्दा बजार उचालिएको हो । सुस्त अबस्थामा रहेको बैंकिङ समूह ३.३२ प्रतिशतले बढेको थियो । त्यस्तै जलविद्युत समूह १.८० प्रतिशतले बढेको छ । धितेपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करा्ेड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, एनआरएन इन्फाष्ट्रचर, सिंगटी हाइड्रो इनर्जी, कुमारी बैंकको २० करोड ३७ लाख रुपैयाँदेखि ९६ करोड ४७ लाख रुपैयाँसम्मको कारोबर भएके छ । उच्च अंकले बढेको बजारमा तीनवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यो दिन गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उपर हेवाखोला हाइड्रो पावर, सिन्धु विकास बैंक,दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit