काठमाडौं । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपेसँगको सहकार्यमा ‘टपअप÷फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौँ ’नामक अभियान ल्याएको छ ।
अभियान अन्तर्गत ग्राहकहरूलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको बैंकले जनाएको छ । जसमा बम्पर उपहार आईफोन १६ रहेको छ ।
यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने तथा मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गरी डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य बैंकले राखेको छ ।
ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको को मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गरेपछि मात्र सो अभियानमा सहभागी हुन पाउनेछन् । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुने बैंकले जनाएको छ ।
यस्तै, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर पाउनेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म एक महिना सञ्चालन हुनेछ ।

















प्रतिक्रिया दिनुहोस्