Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’
विज्ञापन
Advertisement

काठमाडौं। नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरुमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ । कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराए । उनले भने ,‘ उनले भने, ‘छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ? उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।’

उनले भने कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औंल्याए । कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रुपमा अवलम्बन गर्दै अघि बढिरहेको बताए । उनले कोषले सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिए।

सचिव उपाध्यायले बचतकर्ताको विश्वास जित्दै सङ्कलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिए। उनले ठूलो रकम मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औंल्याए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी रोजगारी, गरिबी निवारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी सङ्कलन गरी अहिले दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताए । उनले कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए । उनले स्थापनासँगै निरन्तर नाफामा गइरहेको कोष बचत बढाउँदै जानु सफल भएको बताउँदै अझै बढाउने विश्वास व्यक्त गरे ।

कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा दुई करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो । कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा भोजराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोषका अध्यक्ष अच्युतम पौडेल, कोषको कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापालगायतले आफ्नो धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit