Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

विदेशबाट रेमिट्यान्सको ओइरो, एक महिनामै भित्रियो २ खर्ब ६७ अर्ब रकम

विदेशबाट रेमिट्यान्सको ओइरो, एक महिनामै भित्रियो २ खर्ब ६७ अर्ब रकम
विज्ञापन
Advertisement

काठमाडौं । नेपालीले विदेशमा कमाएको रकम पठाउने क्रम तीव्र बनेसँगै असोज महिनामा मात्रै नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स हो।

विज्ञापन
Advertisement
Advertisement

यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यसलाई उछिन्दै असोजमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको हो। चाडपर्वको समय र रसुवामा आएको बाढीका कारण समेत रेमिट्यान्स आप्रवाह बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

असोजमा मात्रै भित्रिएको रेमिट्यान्स भदौको तुलनामा पनि उल्लेख्य बढी हो। भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको असोजमा भने २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २९.२ प्रतिशत थियो ।

यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो । रेमिट्यान्स आप्रवाह बढिरहँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने मिश्रित अवस्था देखिएको छ। चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ छ । यसमा संस्थागत तथा व्यक्तिगत दुवै श्रम स्वीकृति समावेश छन् ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ थियो । यसअनुसार नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit