काठमाडौं । एनआईसी एसिया लघुवित्तले आथिर्क वर्ष २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुखद्वारा तालिम प्रदान गरेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी गरी चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यही जेठ १३ देखि १६ गतेसम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन गरेको हो ।
कार्यक्रम कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालयसमेतका गरी कूल १६९ जना कर्मचारीले तालिम लिएको लघुवित्तले जनाएको छ ।
कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेशबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले चालु आर्थिक वर्षको समीक्ष गर्दै आगामी आर्थिक वर्षमा संस्थाले गर्ने कामका सन्दर्भमा धारणा राखेका छन् ।















प्रतिक्रिया दिनुहोस्