Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संविधान दिवसमा टेलिकमको अफर : ४९ रुपैयाँमै एक एमबिपिएस डाटा सहित १०० मिनेट ‘अल नेट भ्वाइस सेवा

संविधान दिवसमा टेलिकमको अफर : ४९ रुपैयाँमै एक एमबिपिएस डाटा सहित १०० मिनेट ‘अल नेट भ्वाइस सेवा
विज्ञापन
Advertisement

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर आज (असोज २) देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।

यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, १९९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने १३ जिबी, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टेलिकमले यही अफरअन्तर्गत ७८९ रुपैयाँमा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit