Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह

नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपालको आर्थिक विकासको सम्भावनाबारे जानकारी गराउँदै ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्तासामु नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको बताए ।

उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ सक्रिय रूपमा काम गरिरहेको छ ।’ उनका अनुसार हालै स्थापना गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) मार्फत अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले प्रत्यक्ष रूपमा नेपालमा लगानी गर्न सक्ने अवसर खुला गरिएको छ ।

ढकालले सम्मेलनमा गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालको आर्थिक विकासमा योगदान गर्न आग्रह समेत गरे । उनले भने, ‘आउनुहोस्, आफ्नो मातृभूमिप्रतिको माया, विश्वास र सीप लिएर नेपालमा लगानी गरौँ । तपाईंहरूको योगदानले नेपालको आर्थिक विकास मात्र होइन, हाम्रो पहिचान पनि सुदृढ हुनेछ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit