Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

आज बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

आज बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ बजारबाट खिचेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अत्यधिक तरलता बोकेका बैंक तथा वित्तीय संस्थाबाट अझै केही समय तरलता नबाहिरिने देखेपछि केन्द्रीय बैंकले ६ महिनाका लागी निक्षेप संकलन गर्न थालेको हो । यसैक्रममा आज पनि राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागकाअनुसार १७५ दिनको लागि ५० अर्बको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागी आज अर्थात् कात्तिक १९ गतेमध्यान्ह २ः०० बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ । राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी २०८३ बैशाख १६ गते हुने बताएको छ ।

यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा रु। १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit