Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कृषि प्रविधि प्रदर्शनीमा राउटे समुदायलाई प्राथमिकता, निःशुल्क स्टल दिइने

कृषि प्रविधि प्रदर्शनीमा राउटे समुदायलाई प्राथमिकता, निःशुल्क स्टल दिइने
विज्ञापन
Advertisement

काठमाडौं। आधुनिक कृषि यन्त्र तथा प्रविधिको प्रदर्शनीमा यसपटक राउटे समुदायका परम्परागत सीप र स्थानीय उत्पादनले पनि स्थान पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । कृषि यान्त्रीकरणसँगै रैथाने प्रविधि, परम्परागत सीप र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन लागिएको आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार राउटे समुदायका उत्पादनलाई बजार र उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले निःशुल्क स्टलको व्यवस्था गरिएको हो। ‘कृषि यान्त्रीकरणको प्रवर्द्धनसँगै हाम्रो रैथाने सीप, प्रविधि र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले राउटे समुदायका उत्पादनलाई प्रदर्शनीमा स्थान दिन दुईवटा स्टल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ,’ उनले भने ।

राउटे समुदायको सहभागिताका लागि ‘सोसेक नेपाल’ले नेतृत्व तथा समन्वय गर्नेछ। संस्थाको पहलमा समुदायका प्रतिनिधिहरूलाई प्रदर्शनीस्थलमा सहभागी गराई उनीहरूले परम्परागत सीपबाट तयार गरेका सामग्री प्रदर्शन तथा बिक्री गरिनेछ । यस पहलले राउटे समुदायको मौलिक उत्पादनलाई नयाँ बजारसँग जोड्नुका साथै उनीहरूको परम्परागत ज्ञान, सीप र सांस्कृतिक पहिचानलाई व्यापक रूपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी आधुनिक प्रविधिको प्रदर्शनमा केन्द्रित कृषि मेलामा परम्परागत उत्पादनलाई समेत समेटिनुलाई रैथाने ज्ञान र आधुनिक प्रविधिबीचको सम्बन्ध स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको छ ।कृप्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अनुमान छ। तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ।आयोजकले ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिनेछन्। किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नयाँ प्रविधिबारे जानकारी दिने र कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन प्रोत्साहित गर्ने प्रदर्शनीको उद्देश्य रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit