Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

५० माइक्रो फाइनान्समध्ये १० को लाभांश घोषणा, नगद र बोनस कुनको कति ?

५० माइक्रो फाइनान्समध्ये १० को लाभांश घोषणा, नगद र बोनस कुनको कति ?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत ५० माइक्रो फाइनान्स ( लघुवित्त) कम्पनीहरुमध्ये हालसम्म ९ वटा लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।
हालसम्म लाभांश घोषणा गर्नेमा जीवन विकास लघुवित्त,फस्ट माइक्रो फाइनान्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाको बुक क्लोज भइसकेको छ । त्यस्तै हिमालयन लघुवित्त वित्तीय संस्था,स्वाभावलम्बन लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त, आरएसडीसी लघुवित्त वित्तीय संस्था र गुराँश लघुवित्त वित्तीय संस्थाको बुक क्लोज भइसकेको अबस्था छ ।
फस्ट माइक्रो फाइनान्स
फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई बोनस नभई नगद लाभांश मात्र प्रस्ताव गरेको छ। संस्थाले ६.५ प्रतिशत नगद प्रस्ताव गरेको हो।
आ.व वर्ष २०८०-०८१ को वर्षको मुनाफबाट लगानीकर्तालाई ९ प्रतिशत लाभांश र ०.४७प्रतिशत नगद लाभांश दिएको थियो ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस र ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छ । उक्त संस्थाले आ.व वर्ष २०८०÷०८१ को वर्षको मुनाफबाट लगानीकर्तालाई अघिल्लो वर्ष पनि १४ प्रतिशत नगद र कर प्रयोजनसहित ०.७३ प्रतिशत नै नगद लाभांश दिएको थियो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था
समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत बोनस र ०.०२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको ।
आ.व वर्ष २०८०-०८१ मा पाँच प्रतिशत बोनस र ०.०२ प्रतिशत नगद लाभांश दिएको थियो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष ( आ.व वर्ष २०८०-०८१) मा संस्गाले लगानीकर्तालाई प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिएको थियो ।
आशा लघुवित्त वित्तीय संस्था
आशा लघुवित्त वित्तीय संस्थाले ९.५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
अघिल्लो वर्ष आ.व वर्ष २०८०-०८१मा संस्थाले लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस र०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत ब लाभांश दिएको थियो ।
हिमालयन लघुवित्त वित्तीय संस्था
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो वर्षको मुनाफाबाट ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । आ.व वर्ष २०८०-०८१ बाट लगानीकर्तालाई ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश दिएको थियो ।
स्वाबलम्ब लघुवित्त वित्तीय संस्था
स्वाबलम्ब लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट ५.६३ प्रतिशत बोनस र ४.३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । आ.व वर्ष २०८०-०८१बाट अघिल्लो वर्ष १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
साना किसान विकास लघुवित्त
साना किसान लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । संस्थाले आ.व वर्ष २०८०÷०८१को मुनाफाबाट लगानीकर्तालाई १३ दशमलव ३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
आरएस डिसी लघुवित्त
आरएस डिसी लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई नगद लाभांश मात्र दिएको छ । संस्थाको बुक क्लोज भइसकेको छ । अघिल्लो वर्ष आ.व वर्ष २०८०÷०८१ संस्थाले १० प्रतिशत लाभांश दिएको थियो जसमा ९.५ प्रतिशत बोनस र ०५ प्रतिशत नगद लााभांश दिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

गुराँस लघुवित्त वित्तीय संस्था
गुराँस लघुवित्त वित्तीय संस्थाले अघिल्लो वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । संस्थाको बुक क्लोज भइसकेको छ । अघिल्लो
आ.व वर्ष २०८०-०८१ मा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश दिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit