Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिना र जयरामको बुझाइमा ‘जीवन बीमा पैसा होइन, मनको शान्ति हो’

बिना र जयरामको बुझाइमा ‘जीवन बीमा पैसा होइन, मनको शान्ति हो’
विज्ञापन
Advertisement

काठमाडौं । तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स मार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाउन सक्रिय अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै हुन्छ–‘जीवन बीमा किन आवश्यक?’ र उनीहरुको उत्तर पनि सधैं एकै प्रकारको हुन्छ –जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा ।’

विज्ञापन
Advertisement
Advertisement

बिना र जयरामका लागि बीमा केवल पेशा मात्र नभएर सेवा पनि हो । उनीहरू प्रत्येक दिन घर–घर पुग्छन्, परिवार–परिवारसँग बस्छन्, जीवनका सम्भावित जोखिम र भविष्यका आर्थिक चुनौतीको बारेमा बुझाउँछन् । यही दम्पती आज कम्पनीका उत्कृष्ट ‘जोडी अभिकर्ता’ का रूपमा परिचित छन् । जयराम अभिकर्ता विभागका प्रमुख रूपमा काम गरिरहेका छन् भने बिना नेपालटार शाखाकी ः म्च्त् अभिकर्ता हुन् । उनी चार पटक ः म्च्त् हासिल गरिसकेकी छिन् र आजीवन सदस्य पनि हुन् ।

जीवन बीमालाई परिवारको आर्थिक सुरक्षाको ढाल र भविष्यको आधारका रूपमा हेरिनुपर्नेमा जोड दिँदै आएका यो दम्पत्तीको प्रत्येक दिनको यात्रा एउटै उद्देश्यमा केन्द्रित हुन्छ– मानिसलाई जीवन बीमाको वास्तविक मूल्य बुझाउनेमा। जयराम बीमा कम्पनीलाई व्यत्तिको सम्पत्ति बचाउने कम्पनीका रुपमा तर्क गर्छन् । ‘जसरी स्वास्थ्य अस्पतालले जीवन बचाउँछ, बीमा कम्पनीले मानिसको सम्पत्ति बचाउछ,’ रिमालले भने । मानिसको सम्पत्ती बचाउने डाक्टरको रुपमा आफूहरु रहेको रिमालको बुझाइ छ ।

यस्तै, रिमाल व्यक्तिलाई जीवन बीमाको महत्व एउटा परिवारमा आमाको महत्व जत्तिकै रहने बउँछन् । ‘जीवन अनिश्चित छ। आज हामी स्वस्थ छौं, सक्रिय छौं, परिवारका लागि कमाइरहेका छौं । तर भोलि के हुन्छ भन्ने कसैले भन्दैन। यस्तो अवस्थामा, जीवन बीमा केवल एक आर्थिक योजना होइन, जीवनको सुरक्षा कवच हो । बीमा गाँस, बास, कपासका लागि आवश्यक छ’ रिमालको धारणा छ । हरेकका लागि बीमा गर्न जरुरी रहेको रिमालको ठम्याइँ छ । ‘हामी हाम्रो परिवारको लागि धेरै कुरा गर्छौं । तर जीवन बीमा भनेको परिवारप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी पूरा गर्ने उपाय हो ।’

जीवन बीमाले असमयमा हुने आर्थिक क्षति पूर्ति गर्न सहयोग गर्छ । परिवारका सदस्यले अचानक मुख्य आम्दानी स्रोत गुमाउँदा, बीमाले त्यो अभावलाई केही हदसम्म पूरा गर्न सक्छ। यसले परिवारलाई आर्थिक आत्मनिर्भरता र आत्मबल प्रदान गर्छ । ‘पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन्’ जयरामले भने ।

यस्तै बिना पनि बीमा व्यक्तिका लागि उसको भविष्यको सहारा भएको बताउँछिन् । ‘कमाइको १०–१५ प्रतिशत बीमामा लगाउन सके भविष्यमा त्यो सबैभन्दा ठूलो सहारा बन्छ । कमाउने उमेर सधैं रहँदैन, तर जोखिम भने कहिल्यै टर्दैन,’ उनले भनिन्, ‘पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।’

कमाईको हिसाबले बीमा गर्न जरुरी रहेको उनको बुझाइ छ । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, त्यस्तै, नै सहारा आर्थिक आवश्यकता हुँदा बीमा बन्ने उनी बताउँछिन् । बीमाप्रतिको चेतना अभाव रहेको उनको भनाइ छ । उनका अनुसार हाल बीमितको धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ र पहिलेको तुलनामा सचेतना बढ्दो छ । तर कतिपय बीमितहरू कम्पनी र अभिकर्ता छनोटमा दुविधामा पर्ने गरेको उनी बताउँछिन् । बीमा गर्नको लागि अभिकर्ताको प्रमुख भुमिका रहेको हुन्छ । उनले भनिन्, ‘ग्राहकले अभिकर्तालाई मन पराउनुपर्छ, विश्वास गर्नुपर्छ, र अभिकर्ता पनि पारदर्शी र जिम्मेवार हुनुपर्छ ।’

दुर्घटना, रोग, असमायिक निधनजस्ता घटना हुँदा परिवारलाई आर्थिक सुरक्षा दिनेदेखि, नियमित बचत, कर छुट, रिटायर्मेन्टको सन्तुलनसम्म—जीवन बीमा अनेक फाइदासहित परिवारलाई भविष्यका जोखिमबाट सुरक्षित राख्ने आधार हो । नेपालमा अझै धेरै मानिस बीमाको पहुँचबाट टाढा छन् । गाउँ–गाउँमा सचेतना विस्तार, डिजिटल सेवा, महिलाको सहभागिता र छिटो दाबी सेवा जस्ता सुधारकारी पहल आवश्यक रहेको उनीहरूको बुझाइ छ । दम्पतीको लामो अनुभवले बीमाप्रतिको सारलाई ‘बीमा भनेको पैसा होइन, मनको शान्ति हो’ भन्ने बुझाएको छ ।

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बारोमा

सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफको मर्जरपछि २०७९ चैत ९ गतेदेखि नयाँ नाममा सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो । सानिमा र सिद्धार्थ बैंकको प्रवद्र्धकत्वमा स्थापना भएको यस कम्पनीले ग्राहक–मैत्री, प्रविधि–आधारित तथा संरक्षण–मुख्य बीमा योजना उपलब्ध गराउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit