काठमाडौं। ‘रक्तदान जीवनदान’ भन्ने मानवीय भावनालाई आत्मसात् गर्दै परोपकारी कार्यमा सक्रिय संस्था शुभ प्रभात नेपालले आगामी मंसिर १९ गते शनिबार कपनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको अभियानलाई निरन्तरता दिँदै २०८३ साल मंसिर १९ गते रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित सुकेधारा प्रहरी बिट चोक, मनकामना मार्ट अगाडि आयोजना हुने उक्त कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। रगतको अभावमा जीवन रक्षाका लागि संघर्ष गरिरहेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ। रक्तदानलाई केवल सामाजिक सेवाका रूपमा मात्र नभई कसैको अमूल्य जीवन बचाउन सक्ने महान् मानवीय कार्यका रूपमा लिनुपर्ने संस्थाको धारणा छ।
‘रक्तदान गरौँ, अमूल्य जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने कार्यक्रममा रक्तदाता, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शुभचिन्तक तथा सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न संस्थाले हार्दिक आह्वान गरेको छ। संस्थाका अनुसार कार्यक्रमको संयोजन टंकप्रसाद नरालले गर्नेछन्। शुभ प्रभात नेपालले रक्तदानजस्तो पुण्य तथा मानवीय अभियानमा सहभागी भएर कार्यक्रम सफल बनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ। संस्थाले रक्तदानमार्फत मानव जीवन बचाउने अभियानमा सबैको साथ, सहयोग र सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्