Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

पाँच महिनामा भित्रियो पौने नौ खर्ब रुपैयाँ रेमिट्यान्स, १ लाख ७५ हजारले लिए श्रम स्वीकृति

पाँच महिनामा भित्रियो पौने नौ खर्ब रुपैयाँ रेमिट्यान्स, १ लाख ७५ हजारले लिए श्रम स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं। पाँच महिनामा झन्डै पौने नौ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको मंसिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९० हजार ३८४ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४२५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit