काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लक्ष्मणप्रसाद जैसीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको ३८०औँ बैठकले जैसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको नियुक्ति आज (मंसिर २ ) देखि लागू भएको छ। यसअघि उनी आईसीएफसी फाइनान्समै नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए ।
जैसी बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका व्यवस्थापकीय व्यक्तित्व हुन् ।
उनले भारतको सम्बलपुर विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा अनर्ससहित स्नातक (बीकम अनर्स) तथा कानुनमा स्नातक (एलएलबी) गरेका छन् । यस्तै, उनी एनसीएचएलको सञ्चालक समितिमा फाइनान्स कम्पनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा समेत आबद्ध छन् ।
जैसीको नियुक्तिसम्बन्धी निर्णयबारे कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक पत्रमार्फत जानकारी गराएको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्