Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महामन्त्री थापाले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)

महामन्त्री थापाले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको भृकुटीमण्डमा आज भएको बन्दसत्रमा उनले प्रस्तुत गरेको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् ।

के छ विशेष महाधिवेशनको नीतिगत संकल्पमा ?

इतिहास साक्षी छ नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ । यस विशेष महाधिवेशन ‘कांग्रेस बदल्न’का लागि बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि हो । यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ हामी सच्चिन्छौं, हामी बदलिन्छौं र हामी सक्छौं ।

समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनु पर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनु पर्नेछ। समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नु पर्नेछ।

देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित समुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ। त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुसत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न हामीले यी संकल्प गर्नुपर्छ ।

१.जेन–वी विद्रोह र कांग्रेसको संकल्पः
वि.सं. २०८२ साल भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेनजी) को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ ।

– भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ।

यस्तै, महामन्त्री थापाले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा निर्वाचन प्रणाली र दलीय सुधारका लागि विभिन्न प्रस्तावहरू अघि सारेका छन् । थापाले ‘कार्यमूलक लोकतन्त्र र दलीय सुधार’ र ‘निर्वाचन प्रणालीमा सुधार’ गर्ने औंल्याएका छन् । जसमा दलीय सुधारका लागि निर्वाचनमा समानुपातिक तर्फ एक व्यक्ति एक पटक मात्रै समानुपातिक उम्मेदवार रहनुपर्ने प्रस्ताव राखेका छन् भने सबै तहको निर्वाचनका लागि ‘प्राइमरी निर्वाचन’ गर्ने र त्यसबाट सबैभन्दा बढी मत ल्याउने महिलासहित तीन जनालाई उम्मेदवार बनाउने उल्लेख गरेका छ।

प्रस्तावमा ‘सिंगल रोटेसन रिजर्भ्ड निर्वाचन क्षेत्र’ जस्ता नवीन अभ्यासका लागि समेत कार्यान्वयनका लागि पहल गर्ने विषय समेटिएको छ ।

यस्तो छ, पूर्णपाठ

gagan_prastab-1768204801

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit