Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सको चारदिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु

सन नेपाल लाइफ इन्स्योरेन्सको चारदिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु
विज्ञापन
Advertisement

अगैया (बारा) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चारदिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ तालिम सुरु गरेको छ। अगैया स्थित ‘स्प्रिङ रिभर साइड रिसोर्ट’ मा आयोजित उक्त तालिमको उद्घाटन १९ गते सम्पन्न भएको हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। यस्ता तालिमहरूले अभिकर्ताको व्यक्तिगत क्षमता मात्र होइन, संस्थागत सुदृढीकरणमा समेत टेवा पुर्‍याउने उनको भनाइ थियो।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिका रूपमा उपस्थित थिए। तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासबारे प्रशिक्षण प्रदान गरिएको छ।

चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म) सञ्चालन हुने तालिममा अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने, बिक्री तथा सेवा क्षमतामा सुधार ल्याउने, अभिकर्तालाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने, अभिकर्ता पेशालाई सम्मानजनक तथा व्यवस्थित पेशाको रूपमा विकास गर्ने तथा बीमासम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने विषयहरू समेटिएका छन्।

तालिमका मुख्य प्रशिक्षकका रूपमा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावतको उपस्थिति तथा प्रशिक्षण रहने आयोजकले जनाएको छ।

यस तालिमले स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने विश्वास सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिएको छ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर १४८ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit