काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईको वानखेडे स्टेडियममा आफ्नो पहिलो खेल खेल्न लागेको अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्रीले वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ। साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उनले उल्लेख गरेकी छन् ।
आज इंग्ल्यान्डसँग हुन गइरहेको ऐतिहासिक खेलअघि प्रधानमन्त्रीले सम्पूर्ण राष्ट्रको तर्फबाट नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दै विजयको कामना गरेकी हुन्। उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो। यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल र इङ्ल्यान्ड भने पहिलोपटक भिड्दैछ्न। टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ। त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्