काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत क्वालिफायर्स–२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा चितवन राइनोजका कप्तान रवि बोपाराले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। उनले सुदूरपश्चिम रोयल्सलाई पहिले फिल्डिङको निम्तो दिएका छन्। यससँगै चितवनले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने अवसर पाएको छ। अर्कोतर्फ सुदूरपश्चिमले बलिङबाट चितवनलाई कम स्कोरमा रोक्ने रणनीति अपनाउनेछ।
क्वालिफायर्स–२ दुवै टोलीका लागि महत्वपूर्ण खेल हो। यस खेलको विजेताले उपाधि भिडन्तमा स्थान बनाउनेछ भने पराजित टोलीको प्रतियोगिताको यात्रा समाप्त हुनेछ।















प्रतिक्रिया दिनुहोस्