Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा

सोमपाल कामीले एसिया कप राइजिङ स्टार्स गुमाए, प्रतिश जीसी टोलीमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले कतारमा आयोजना भइरहेको एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चोटका कारण उनी प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनको स्थानमा प्रतिश जीसीलाई टोलीमा समावेश गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमपाल घाइते भएकाले प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलका क्रममा घाइते भएका थिए ।

सोमपालको स्थानमा प्रतिश जीसीलाई मुख्य टोलीमा छनोट गरिएको क्यानले जनाएको छ । यसैगरी, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ । कतारको दोहामा मंसिर ४ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा भोली नेपालले आफ्नो पहिलो खेल खेल्दैछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit