images images images
images images images
images
images
images

ब्रिटिस मोडल कलेज का विद्यार्थी ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

images

काठमाडौं। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेज को भगिनी संस्था ब्रिटिस मोडल कलेजका विद्यार्थीहरूले ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै तीन राष्ट्रिय पदक हात पारेका छन्।

ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते (१७ फेब्रुअरी २०२६)द साेल्टि काठमाडाैंमा आयोजित विशेष समारोहमा विजेता विद्यार्थीहरूलाई सम्मान गरिएको हो। Cambridge Assessment International Education (CAIE) ले नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई उक्त अवार्ड प्रदान गरेको हो।

images
images

यस अवसरमा खुस्बु निङ्लेकुले AS Level Biology विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक प्राप्त गर्दै ‘टप इन नेपाल’ उपाधि हासिल गरेकी छिन्। त्यस्तै प्रतिक्षा घिमिरेले AS Level Economics विषयमा उत्कृष्ट नतिजासहित ‘टप इन नेपाल’ अवार्ड जितेकी छिन् भने जेन्सा श्रेष्ठले AS Level Sociology विषयमा असाधारण प्रदर्शन गर्दै ‘हाई एचिभमेन्ट’ अवार्ड प्राप्त गरेकी छिन्।

समारोहमा नेपालका ख्यातिप्राप्त शिक्षाविद्, विद्यालय सञ्चालक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कलेजले आफ्ना विद्यार्थीहरूको यस सफलतालाई उनीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन तथा गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफलका रूपमा व्याख्या गरेको छ।

अवार्डका बारेमा बोल्दै ब्रिटिस एजुकेशन ग्रुपका ‘हेड अफ स्कूल्स’ राजन राईले कलेजमा सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गरिँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गरेको बताए।

उनले यी अवार्डहरूले विद्यार्थीहरूको निरन्तर लगाव र संस्थाको दूरदृष्टिलाई प्रमाणित गरेको उल्लेख गर्दै आगामी दिनमा पनि भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न प्रतिबद्ध रहने बताए।

‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ क्याम्ब्रिज इन्टरनेशनल परीक्षामा विश्वभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रदान गरिने सम्मान हो, जसले उनीहरूको शैक्षिक लगनशीलता र विषयगत दख्खललाई सम्मान गर्दै उच्च शिक्षातर्फ थप प्रेरणा प्रदान गर्दछ। ब्रिटिस मोडल कलेज तथा द ब्रिटिस कलेज काठमाडौंले नेपाली विद्यार्थीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर उपलब्ध गराएकोमा ब्रिटिस काउन्सिल सर्भिस नेपालप्रति आभार व्यक्त गरेका छन्।’्र

images
images

प्रतिक्रिया दिनुहोस्