Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

उच्च अंकले घट्यो नेप्से, छ अर्ब ६९ करोडको कारोबार

उच्च अंकले घट्यो नेप्से, छ अर्ब ६९ करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।

विज्ञापन
Advertisement
Advertisement

आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा छ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक राताम्मे बने । बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य २, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ।

कारोबारमा आएका मध्ये आज सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्या आधारमा आइतबार सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनीले कमाएको छ। उक्त कम्पनीको ६३ करोड ४२ लाख ४० हजार १०१ रुपैयाँ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit