Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

‘नयाँ फ्याक्ट्री खोल्न १० जना नेतालाई ढोगेर कर्मचारीलाई फकाउनुपर्छ : अनि चन्दा आतंक सुरु हुन्छ, अब त्यो पर्दैन’

‘नयाँ फ्याक्ट्री खोल्न १० जना नेतालाई ढोगेर कर्मचारीलाई फकाउनुपर्छ : अनि चन्दा आतंक सुरु हुन्छ, अब त्यो पर्दैन’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भिन्नभिन्न क्षेत्रका समस्यालाई समाधान गर्ने बताएका छन्। मंगलबार रास्वपाले इटहरीमा आयोजना गरेको सभामा बालेनले देशमा नयाँ फ्याक्ट्री खोलेर चलाउन चन्दा दिनुपर्ने देखि नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्ने आस्वासन दिए।

विज्ञापन
Advertisement
Advertisement

उनले भने,‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो। यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन्। नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ। कर्मचारीलाई फकाउनुपर्छ। अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतंक सुरु हुन्छ । अब त्यो पर्दैन्। त्यो हटाउन चाहन्छ रास्वपा।’ यस्तै उनले पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिने धारणा राखे । पूर्वका जिल्लाहरुमा फल्ने तरकारी र धान उब्जनी बढाएर देशलाई चामल किन्न नपर्ने अवस्था सिर्जना गर्न चाहोको उनको भनाई थियो ।

बिहान खानामा तरकारी कहाँको खानुभयो ?
बोर्डर पारिको खानुभयो ?

तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खान पाउनुभएको थिएन तपाईंहरूले ।

हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन, यो दुःखको कुरा हो । यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

पूर्वी तराईका तीनवटा, चारवटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ । तर विडम्बना यहीँ खान पुगेको छैन । यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

बर्खामा बाढी आउने, बाढीले खेतको खेतीयोग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने । खेतीयोग्य जग्गाहरूलाई त्यत्तिकै राख्नुपरेको हुन्छ बेलाबेलामा । बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जनी गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ । के गरेर पैसा कमाउने भन्नुस् तपाईंहरू रु यो तीनवटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।

हाम्रो किरातहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र, मुकुमलुङ, खुवालुङ, पाथीभरा जस्ता ठाउँहरूलाई ७७ नै जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाऊन् । त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । समस्याहरू धेरै छन्, समाधान पनि यहीँ छ । समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ हाम्रो पार्टीले ।

देशकै पहिलो उद्योग कलकारखाना भएको यो ठाउँ यो क्षेत्र हो । यहाँनिर खाने तेलदेखि मर्मसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्रिहरू छन् । तर जुन बेलामा त्यो फ्याक्ट्रीहरू खुले, त्यो इन्डस्ट्रिजहरू खुले त्यसपछि नयाँ खुलेका छैनन् । नयाँ फ्याक्ट्री खोल्नुपर्‍यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ अनि बल्लबल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ । अब त्यो पर्दैन। त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ।

विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईंहरूलाई रु हाम्रै बराह क्षेत्र । यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन । त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बन्न सकौँ, त्यो थाहा दिने पार्टी बन्न सकौँ, त्यो थाहा दिने सिस्टम बनोस् । अस्ति हामी त्यो बराह क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ । उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

यता पिउने पानीको पनि धेरै समस्या छ । धरानमा पिउने पानीको डीपीआर पहिले नै भएको थियो, त्यो डीपीआर भयो । त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग ५–६ अर्ब लाग्छ । तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला । कुन पार्टी पुग्छ अब त सरकारमा रु यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

तपाईंलाई थाहा छ नेपालको ६०–७० प्रतिशत फुटबल प्लेयर कहाँबाट निस्किन्छ ? यही पूर्व क्षेत्रबाट निस्किन्छ । तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेलमैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन । एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन । त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट १० वर्ष पछाडिदेखि देखिन्छ । एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि १०,००० घण्टा प्राक्टिस गरेको हुनुपर्छ । त्यो प्राक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । र अन्त्यमा, जसरी यो सिलाम साक्मा लाछु–जो, यो सिलाम साक्माले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । धेरै धेरै धन्यवाद, नमस्कार। (आज इटहरीमा आयोजित कार्यक्रममा रास्वपा वरिष्ठ नेता बालेनले व्यक्त गरेको धारणा ) 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit