Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

साम्बाले भनिन्– उपचार सहयोग रोक्नुहोला, अझ मजबुत भएर मैदान फर्कनेछु

साम्बाले भनिन्– उपचार सहयोग रोक्नुहोला, अझ मजबुत भएर मैदान फर्कनेछु
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि पर्याप्त रकम उठिसकेको भन्दै थप सहयोग रकम रोक्न आग्रह गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि अपिल गरेको पछिल्लो २४ घण्टामा आफूले देश तथा विदेशबाट पाएको साथ, विश्वास र मायाले थप बलियो बनाएको बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापनमा पर्याप्त हुने उल्लेख गर्दै उनले थप आर्थिक सहयोग दुवै बैंक खातामा रोक्न आग्रह गरेकी हुन् ।

यसैबीच, उनले आबद्ध क्लबे वेलिंगटन फिनिक्सलले पनि शल्यक्रिया र त्यसपछिको स्वास्थ्य लाभका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जानकारी दिएकी छन् । छिट्टै शल्यक्रिया मिति तय हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले पछिल्लो २४ घण्टामा आफूलाई गरिएको साथ र सहयोगका लागि कृतज्ञता प्रकट गरेकी छन् । उनले लेखेकी छन् ‘पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु।’

चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै उनले समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताउँदै थप लेखेकी छन्, ‘अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु। देशको लागि, तपाईंहरूको लागि र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’ फेरि नेपालको जर्सी लगाएर देशको लागि खेलेर जित्ने प्रतिवद्धता उनको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit