काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष विक्रम संवत् २०८३ का लागि आफ्नो नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारीहरू र विभागीय प्रमुखहरूको उपस्थितिमा हालै उक्त क्यालेन्डर लोकार्पण गरिएको हो।
कम्पनीले यस वर्षको क्यालेन्डरलाई केवल तिथि र मितिको जानकारीमा मात्र सीमित नगरी एक विशेष सामाजिक सन्देशसहित तयार पारिएको जनाएको छ। क्यालेन्डरमा नेपालमा पाइने दुर्लभ र संरक्षणको सूचीमा रहेका वन्यजन्तुहरूको तस्बिर समावेश गरिएको छ।
यस्तै, प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने कुरालाई कम्पनीले ‘जीवन बीमा’ को मूल मर्मसँग जोडेर राखेको जनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर आफ्ना १४८ शाखा तथा उप–शाखाहरू मार्फत सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्