Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन

अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन
विज्ञापन
Advertisement

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेसक्याम्प) मा अमेरिकी कार्गो ड्रोन ‘अल्ट्रा एक्स जेन २’ को उद्घाटन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले सो ड्रोनको उद्घाटन गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी कम्पनी फ्रिफ्लाई सिस्टमद्वारा निर्मित उक्त अल्ट्रा एक्स जेन २ ड्रोन विशेषगरी कठिन भौगोलिक क्षेत्रमा सामग्री ढुवानी र उद्धारका लागि डिजाइन गरिएको सर्जियो गोरले बताएका छन् ।

उनले भने ,‘हामी सुन्दर नेपालमा छौँ। हामी एभरेष्ट बेसक्याम्पमा उपस्थित छौँ र यहाँ हामीले अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छौँ। यो ड्रोनले सगरमाथा क्षेत्र वरपर सरसफाइ गर्न सक्ने क्षमता राख्छ, साथै आपतकालीन अवस्थामा आवश्यक सामग्री, अक्सिजन सिलिण्डर तथा आरोहीहरूको उद्दारका लागि आवश्यक सामानहरू पु¥याउन सक्षम छ।’

उनको अनुसार ड्रोनको क्षमता करिब ५ केजीसम्मको भार बोक्न सक्ने रहेको छ। विशेषगरी छायांकनको लागि ठूला क्यामरा लिफ्ट गर्नको लागि यो ड्रोनको प्रयोग गरिन्छ ।

ड्रोनको औपचारिक उद्घाटन भएपनि उनीहरुले नेपालको नियामक निकायबाट आवश्यक उडान अनुमति पाएका छैनन् । नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायहरूबाट उडान स्वीकृति पाएपछि मात्रै यसको व्यावसायिक तथा परीक्षण उडानहरू सुरु हुने जनाइएको छ।

गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा छन् । भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले भने उनलाई नभेट्ने उनको निजी सचिवालयले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit