images images images
images images images
images
images
images

अहिले व्यवसायहरु ‘पर्ख र हेर’को अवस्थामा छन् : अन्जन श्रेष्ठ

images

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्याक्ष अन्जन श्रेष्ठले अहिले व्यवसायीहरु ‘ पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘जग बसाल्ने बजेटः बाटो के र कसरी ?’ विषयक अन्तरक्रियामा अन्जन श्रेष्ठ ले निजी क्षेत्रको वर्तमान अवस्था र आगामी बजेटप्रतिको अपेक्षाबारे स्पष्ट धारणा राखेका छन् ।

images
images

उनले हाल बजारमा माग घट्दो क्रममा रहेको जसका कारण व्यवसायिक गतिविधिमा सुस्तता देखिएको बताए । यसले व्यवसायीहरूको मनोबल समेत कमजोर बनाएको उनले उल्लेख गरे। ‘अहिले व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने ।

उनका अर्थतन्त्रमा नीतिगत स्पष्टता, स्थायित्व र निरन्तरताको खाँचो औंल्याउँदै यस्ता तत्वहरूले मात्रै निजी क्षेत्रलाई लगानी र विस्तारतर्फ प्रेरित गर्न सक्ने बताए।

विगतमा निजी क्षेत्रले सरकारको ढोका ढकढक्याउनुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिलेको सरकारले निजी क्षेत्रकै दैलोदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नु सकारात्मक संकेत भएको उल्लेख गरे ।

सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने र १० देखि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यप्रति निजी क्षेत्र आशावादी रहेको उनले बताए । ‘यी लक्ष्य पूरा गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गर्न आतुर छ,’ उनको भनाई छ ।

उनले अर्थतन्त्रमा करिब ८० प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको रहेको तथ्य प्रस्तुत गर्दै अहिलेको अन्योलपूर्ण अवस्थाबाट बाहिर निस्कन नीतिगत स्थिरता अत्यावश्यक रहेकोमा जोड दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्