Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सस्तो ब्याजदरमा डेढ करोडसम्म घरकर्जादेखि दूतावासबाटै ‘फेसबुक लाइभ’ सम्म

सस्तो ब्याजदरमा डेढ करोडसम्म घरकर्जादेखि दूतावासबाटै ‘फेसबुक लाइभ’ सम्म
विज्ञापन
Advertisement

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रमिकहरूको हितका लागि तीन महत्त्वपूर्ण कार्यक्रमको घोषणा गरेका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले नीतिगत सुधार र श्रमिकको जीवनस्तर उकास्ने योजनाहरू सार्वजनिक गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री यादवले पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताएका छन् । उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ । दोस्रोमा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारीरकन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने मन्त्री यादवको घोषणा छ । ‘अब तपाईंहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ,’ उनले भने ।

यसैगरी, तेस्रो घोषणमा यादवले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुलाई घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने बताएका छन् । त्यसबाहेक योगदान गरेका श्रमिकले एक करोड ५० लाख रुपैयाँसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ। यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू अघि बढिरहेको उनले जानकारी दिएका छन् ।

मन्त्री यादवले ‘श्रमको सम्मान नै देश विकासको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । ‘श्रम कुनै एक पेशा वा वर्गमा सीमित छैन । निर्माण स्थलमा काम गर्ने मजदुरदेखि बिरामीको उपचार गर्ने चिकित्सकसम्म, खेतमा पसिना बगाउने किसानदेखि न्यायका लागि खटिने कानुन व्यवसायीसम्म, घरायसी कार्यमा सहयोग गर्ने घरेलु श्रमिकदेखि प्रविधिको विकास गर्ने इन्जिनियरसम्म ज्ञानको ज्योति फैलाउने शिक्षकसम्म, हामी सबै श्रमिक हौं,’ उनले भनेका छन् ।

यस्तै, मन्त्री यादवले सबैले आ–आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान पुर्याईरहेको उल्लेख गर्दै आजको दिनमा सबैले एक–अर्काको योगदानको मूल्य बुझ्दै सम्मान गर्ने र एक–अर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाउन आवश्यक भएको धारणा राखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit